लायन्सद्वारा उपमहानगरपालिकालाई भिटिएम प्रदान – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

लायन्सद्वारा उपमहानगरपालिकालाई भिटिएम प्रदान

    मा प्रकाशित

कनिका खबर
घोराही, ३ साउन ।
लायन्स क्लव इन्टरनेशलन ३२५ वि टु अन्तरगत एरिया नं. ५ ले घोराही उपमहानगरपालिकालाई कोरोना भाइरसको परीक्षणका लागि आवश्यक पर्ने भिटिएम प्रदान गरेको छ । लायन्स क्लव इन्टरनेशनलबाट प्राप्त एक हजार थान भिटिएम घोराही उपमहानगरपालिकालाई र आठ सय थान भिटिएम तुलसीपुर उपमहानगरपालिकालाई प्रदान गरिएको हो ।

लायन्स क्लव एरिया नं. ५ ले आज शनिबार घोराहीमा कार्यक्रम आयोजना गरेर एक हजार थान भिटिएम घोराही उमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेलाई हस्तान्तरण गरेको हो । एरिया चिफ लायन युवराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ३२५ वि टुका डिस्ट्रिक कोर्डिनेटर विनोद श्रेष्ठ लगायतले भिटिएम प्रदान गरेका थिए ।

कुनै व्यक्तिको स्वाव लिनका लागि आवश्यक पर्ने भिटिएम प्राप्त भएपछि थप एक हजार जनाको स्वाव संकलन गर्न सकिने बताइएको छ । घोराही उपमहानगपालिका वडा नं. १५ का अध्यक्ष पाण्डेले वडा मार्फत प्राप्त सवै भिटिएम उपमहानगरपालिकालाई उपलव्ध गराइने बताए । उनले ग्रामीण क्षेत्रमा पनि स्वाव संकलनका लागि भिटिएम पठाउने योजना बनेको जानकारी पनि दिए ।

लायन्स क्लवले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भिटिएम दिनका लागि समन्वय गरेको भए पनि प्रतिष्ठानले भिटिएम लिन नमानेको बताइएको छ । लायन्स क्लवले देशभर अस्पतालका लागि भिटिएम प्रदान गरेको भएपनि दाङ जिल्लामा मात्रै उपमहानगरपालिकालाई प्रदान गरिएको छ ।

एक हजार भिटिएमको मूल्य करिव तीन लाख ?पैया पर्ने जानकारी दिंदै लायन्स क्लव ३२५ विटु अन्तरगत एरिया ५ का पूर्व एरिया चिफ लव अधिकारीले लायन्स क्लवले विगतदेखि नै सामाजिक क्षेत्रमा काम गरिरहेको बताए । उनले कोभिड–१९ को रोकथामका लागि नेपालमा गरिएको लकडाउन गरिएसंगै विभिन्न राहत हस्तान्तरण गरिरहेको भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।

लायन्स क्लवका डिस्ट्रिक कोर्डिनेटर विनोद श्रेष्ठले नेपालमा रहेको चारवटै डिष्ट्रिक मार्फत स्वास्थ्थ्य सामग्री प्रदान गरिएको बताए । उनले नेपालमा भिटिएम नहुँदा स्वाव संकलनमा कठिनाइ भइरहेकाले सवैजसो जिल्लामा स्वाव संकलनका लागि भिटिएम पठाइएको बताए ।

कार्यक्रममा घोराही उपहानगरपालिका वडा नं. १५ का शहरी स्वास्थ्य हिरण्य शर्माले नेपालमा कोभिड–(१९ को अवस्था, त्यसले पारेको प्रभाव र भिटिएमको आवश्यकताका बारेमा बोलेका थिए । कार्यक्रमको संचालन एरिया सेक्रेटरी सरस्वती सुवेदीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्