कर्णालीका जिल्लामा सलहले बालीमा नोक्सान पु¥यायो, किसानले माग्न थाले क्षतिपूर्र्ति – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कर्णालीका जिल्लामा सलहले बालीमा नोक्सान पु¥यायो, किसानले माग्न थाले क्षतिपूर्र्ति

    मा प्रकाशित

कनिका खबर
साउन ४, सुर्खेत ।
नेपालमा पसेको सलहले अझैं क्षति पु¥याउन छाडेको छैन । सलहको त्रास किसानहरुमा अझैं रहेको छ । सलह किराको ठुलो बथान कर्णालीका सबै जिल्लामा पुगेर मकै, धान लगायतका बाली नष्ट गर्न थालेपछि किसानहरू चिन्तित भएका छन् ।
वर्षभर खानको लागि लगाइएको खेतीहरु नष्ट गर्न थालेपछि भोकमारी निम्तिने भन्दै किसान चिन्तित भएका हुन् । सलहले सबैभन्दा धेरै क्षति दैलेख, सुर्खेत र जाजरकोटमा लगाइएको बालीमा गरेको छ । यो किरा नियन्त्रण गर्न नसकिए भोकमरी निम्तिन सक्ने भन्दै किसानहरुले स्थानीय र प्रदेश सरकारले ध्यान दिन आग्रह गरेका छन् ।
सुर्खेतको चिङ्गाड गाउँपालिकामा ठुलो क्षेत्रफलमा लगाइएको बाली सखाप बनाएको भन्दै किसानहरुलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने किसान प्रदिप सिह रानाले बताए । चिङ्गाडकै अर्का कृषक ओम प्रकाश जिसीले पनि आफूले लगाएको ११ रोपनी जमिनको खेती सलहले नस्ट गरेको भन्दै ७ जनाको आफ्नो परिवारलाई कसरी पालनपोषण गर्ने भन्ने चिन्ता थपिएको बताए ।
कृषि प्राविधिक खेमराज बिसीका अनुसार सुर्खेत चिङ्गाड गाउँपालिमा मात्र एकसय रोपनीमा रहेको मकै र धान सलहले सखाप बनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्