पहिरोबाट कालिकोटमा एक जनाको मृत्यु – Kanika Khabar
Friday, April 19Nepali News Portal

पहिरोबाट कालिकोटमा एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ४, दाङ ।
कालिकोटमा पहिरोका कारण एक जनाको मृत्यु भएको छ । जिल्लाको पचालझरना गाउँपालिका–३ को खाँदुमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

स्थानीय जङ्गलमा काठ चिरानी गर्न गएका ४६ वर्षीय ध्वजवीर कठायतको पहिरोमा परेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी श्यामबाबु ओलियाले बताए । कठायतसँगै काठ चिर्न गएका मुनि बस्नेत भने घाइते भएका हुन् ।

घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्