नेकपाको स्थायी कमिटी बैठक फेरि पनि स्थगित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नेकपाको स्थायी कमिटी बैठक फेरि पनि स्थगित

    मा प्रकाशित

कनिका खबर
साउन ४, काठमाडौं .
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक साउन ६ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । नेकपा पार्टी कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति जारी गरी बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने जानकारी दिनुभएको छ ।

स्थायी कमिटी बैठक यसअघि ६ पटकसम्म स्थगित भइसकेको छ । दुइ अध्यक्ष बीचमा हिजो भएको छलफलमा आजको स्थायी कमिटी बैठक भने नरोक्ने सहमति भएको थियो । तर पनि आजको स्थायी कमिटी बैठक रोकिएको छ । यसैबीच, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन गर्ने विषयमा आफ्नो सहमति नभएको बताउनुभएको छ । आज बिहान आफ्नो निवासमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत स्थायी कमिटी सदस्यहरु सँगको छलफलमा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरिएपनि त्यस बिषयमा आफू सहमत नभएको नेताहरुलाई ब्रिफिङ गर्नु भएको हो । उहाँले बाहिर आफूले पनि मंसिरमा महाधिवेशन गर्ने भन्नेबारे सहमति गरिसकेको भन्ने समाचारहरु आएपछि आफ्नो सचिवालय मार्फत कुनै सहमति नभएको जानकारी समेत गराएको बताउनुभयो । हिजो दुइ अध्यक्षबीचमा सहमति भएको समाचारहरु बाहिरिएका थिए, आजै अध्यक्ष प्रचण्डले त्यसको खण्डन गर्ने गरि आफ्ना निकटका नेताहरुलाइ जानकारी दिनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्