भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायीहरु तयार – Kanika Khabar
Wednesday, September 23Nepali News Portal

भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायीहरु तयार

    मा प्रकाशित

कनिका खबर
साउन ४, काठमाडौं
भोलिदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोली बाट यातायात सञ्चालन गर्न तयार भएका हुन् ।
आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरुले भोली बाट यातायात सञ्चालन गर्ने बताएका छन् । विभागका महानिर्देशक गोगनबहादुर हमालले भोलि बिहानबाट यातायात सञ्चालन गर्ने बताउनुभयो । सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको उहाँले बताउनुभयो । कोभिड–१९ सङ्क्रमणको डर अझै रहेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय कडाईका साथ पालना गर्न पनि उनले आग्रह गर्नुभयो ।
हाललाई एक जिल्लाबाट अर्को जिल्ला नजाने गरी यातायात सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । काठमाडौं उपत्यकाको हकमा भने यो लागू नहुने बताएको छ । उपत्यकामा साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायात लगायत माइक्रो र टेम्पोहरु फाट्टफुट्ट गुडेका छन् । व्यवसायीहरुले लामो दूरीको सवारी सञ्चालनका लागि समेत तयारी भइरहेको बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्