बाल विवाहमा संलग्न चार जना पक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

बाल विवाहमा संलग्न चार जना पक्राउ

    मा प्रकाशित

तोलाकान्त बगाले
साउन ४, स्याङ्जा ।
बाल बिबाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका १ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया बालिकालाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
प्रहरी प्रवक्ता अधिकारीका अनुसार गत असार २१ गते आँधीखोला गाउँपालिका १ को २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया बालिकालाई बिहे गरेको भनी आँधीखोला गाउँपालिकाका ३ बस्ने केशबराज पौडेलले प्रहरीमा किटानी जाहेरी दिएपश्चात बेहुला तिवारीसहित बुवा, आमा गरी चार जनालाई प्रहरीले असार ३१ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका चार जनालाई बिबाहसम्बन्धी कसुर अन्तर्गत ‘बाल बिबाह’ मुद्दा दर्ता गरिएको छ । गत बिहीबार स्याङ्जा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्