बारेकोट गाँउपालिकाका एक हजार ५५ परिवार विस्थापित – Kanika Khabar
Thursday, May 21Nepali News Portal

बारेकोट गाँउपालिकाका एक हजार ५५ परिवार विस्थापित

    मा प्रकाशित

कनिका खबर
साउन ४, जाजरकोट
बाढी पहिरोको त्रासले अहिले जाजरकोटको बारेकोट गाँउपालिकाका एक हजार ५५ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरु स्थानीय विद्यालय, गोठ र चौरमा बसिरहेका छन् । पानी पर्न रोकिएपछि केही विस्तारै घर फर्किन थालेका छन् । तर धेरै परिवार अझै पनि घर भन्दा पर बसिररहेका छन् । उनीहरुसँग भएको खाद्यान्न सकिँदै गएको छ । बारेकोटमा किनेर खाने खाद्यान्न पनि अभाव हुन थालेको छ ।

खाद्यान्न नपाईएपछि विस्थापितहरु भोकभोकै बस्न बाध्य भएको गाँउपालिका अध्यक्ष महेन्द्र शाहले जानकारी दिनुभयो । बारेकोट गाँउपालिकामा उत्पादित अन्नले वर्ष दिनमा ५÷६ महिना मात्र खान पुन्ने बाध्यता रहेको पनि उहाँले बताउनुभयो । अधिकाशं मजदुरी गर्न भारत र सिजनको बेला यार्सा सकंलनबाट कमाएको पैसाले जीविको पार्जन गर्दै आएकाहरुलाई झन् बढी समस्या हुन थालेको उहाँको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्