विदेशबाट आएकालाई ५ दिन आराम केन्द्रमा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

विदेशबाट आएकालाई ५ दिन आराम केन्द्रमा

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशक समितिले धेरै संख्यामा नेपाली रहेका देशमा उद्दार उडानलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
समितिको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशमा हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए । जुन मुलुकबाट धेरैजना आउन बाँकी रहेका छन्, ती मुलुकबाट श्रमिक ल्याउनलाई हवाई उडानको प्राथमिकीकरण गर्ने बारेमा निर्णय भएको उनले बताए ।
समितिले विदेशबाट ल्याइएका नेपालीलाई ५ दिन काठमाडौँमा बनाइएका आराम केन्द्रमा अनिवार्य रूपमा राख्ने निर्णय पनि गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्