झोलुङ्गे पुलले आवागमनमा सजिलो बनायो – Kanika Khabar
Thursday, April 25Nepali News Portal

झोलुङ्गे पुलले आवागमनमा सजिलो बनायो

    मा प्रकाशित

कनिका खबर
साउन ५, गुल्मी ।
गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक र ५ का वस्तुका नागरिकलाई आवतजावतमा भएको समस्या समाधान भएको छ । रानाचौर र ठाकुरडाँडा जोड्न चिल्दीखोलामाथि झोलुङ्गे पुल बनेपछि जैसिथोक र वस्तुका नागरिकलाई सजिलो भएको हो ।
धुर्कोट गाउँपालिका ५ वस्तुस्थित हिमालय माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत टुनिचौरका छात्रा सन्तोषी पाण्डेलाई हिजोआज विद्यालय जान निकै सजिलो भएको छ । पुल नबन्दा विद्यालय आवतजावतमा निकै अप्ठ्यारो भएको उहाँको अनुभव छ । तर अचेत छोटो समयमै विद्यालय आउजाउ गर्न सकिन्छ । सन्तोषी मात्रै होइन, स्थानीय उषा पोखरेल पनि पुल बनेसँगै फाइदा खुशी हुनुभएको छ । बच्चाहरूलाई विद्यालय पठाउन सजिलो भएको छ । लड्लान् भन्ने चिन्ता लिनु परेको छैन । दुई गाउँ जोड्ने झोलुङ्गे पुल बनेपछि ३० देखि ४५ मिनेटको यात्रा छोटिएको छ । दुई गाउँको बीचमा एउटा खोला र केहि जङ्गलको भाग छ, जहाँ बर्षायाममा खोला बढ्ने र जङ्गगली जनावरले सताउने डर हुन्थ्यो । पुल बनेसँगै डर र त्रास हटेको स्थानीयबासी बताउँछन् । गत बर्ष पुस महिनाबाट सुरु भएको पुल निर्माणको काम लकडाउनमा पनि निरन्तर गरेपछि गत जेठ २८ मा सकिएको छ ।
पुल निर्माण भएपछि जैसिथोक र वस्तुका कुल २११ घरधुरी का एक हजार २६६ जना प्रत्यक्ष लाभाम्बित भएका पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण पाण्डेले बताए । झोलुङ्गे पुल कुल ३७ लाख ५५ हजारभन्दा धेरै खर्चेर बनाइएको हो । पुल नजिकै खोलाबाट बाँध बाँधेर पर्यटकीयस्थलको रुपमा विकास गर्ने योजना गाउँपालिकाको रहेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्