प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता – Kanika Khabar
Monday, February 16Nepali News Portal

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता

    मा प्रकाशित

काठमाडौं, ३२ साउन ।

प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी विदेश मन्त्रालयका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड वर्माबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

अमेरिकी दूतावासका अनुसार शुक्रबार बिहान वर्मा नेपाल आइपुगेका थिए। उनलाई अमेरिकी राजदूत डिन थम्पनले स्वागत गरेका छन्।

भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयनका साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेट्ने जनाइएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उप–विदेशमन्त्री वर्मा नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।

अमेरिकास्थित विदेश मन्त्रालयकाअनुसार उप–विदेशमन्त्री वर्मासहित प्रतिनिधिमण्डलकाे भ्रमणलाई नेपालस्थित चिनियाँ कूटनैतिज्ञहरूले चासोका साथ हेरेका छन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्