प्रशासकीय अधिकृत एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ – Kanika Khabar
Thursday, November 7Nepali News Portal

प्रशासकीय अधिकृत एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ

    मा प्रकाशित

कनिका खबर
साउन ५, ललितपुर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनालाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तान रहेका छन् । विकाश निर्माणको कामको भुक्तानी गर्ने क्रममा उनीहरुले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्