क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा दरखास्त खोल्ने – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा दरखास्त खोल्ने

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ
नेपाल क्रिकेट संघ (क्यान) ले एक साताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने भएको छ । क्यानको कार्यसम्पादन कमिटीको बैठकले रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि एक साता भित्र दरखास्त आह्वान गर्ने निर्णय गरेको हो । कमिटीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग छलफल गरेर मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक र व्यवस्थापकका लागि दरखास्त आह्वान गर्ने जनाएको छ । क्यानले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट राष्ट्रिय टिमको प्रशिक्षक छनोट गर्न लागेको हो । भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि लामो समयबाट नेपाली टिम प्रशिक्षक विहीन रहेको छ । कमिटीको बैठकले सात प्रदेशको लागि ७ जना प्रशिक्षकको लागि समेत दरखास्त आह्वान गर्ने निर्णय गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्