साउन ८ गते पछि विद्यार्थी भर्ना सुरु हुने – Kanika Khabar
Friday, March 28Nepali News Portal

साउन ८ गते पछि विद्यार्थी भर्ना सुरु हुने

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।
लामो समयदेखि ठप्प रहेका विद्यालयहरु सञ्चालनमा ल्याउने तयारीमा सरकार जुटेको छ । पछिल्लो अवस्थामा सरकारले विद्यार्थी भर्ना खुला गर्ने तयारी गरेको छ । लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेको एक मन्त्रीले बताए । यद्यपि अहिले तत्काल विद्यालयहरु खुल्ने छैनन् ।
धेरैजसो विद्यालयमा अहिले पनि क्वारअन्टिन बनाइएको छ । ती विद्यालयलाई निर्मलीकरण गर्नेसमेत निर्णय भएको स्रोतले जनाएको छ । सामुदायिक विद्यालयका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । अब यसैलाई आधार मानेर संस्थागत विद्यालयहरुले विद्यार्थी भर्ना गर्न पाउने छन् । एउटै नीति र नियममा रहेका विद्यालयहरुलाई अलग अलग नियम नरहने बताइएको छ । अब निजी विद्यालयहरुले पनि साउन ८ गते पछि विद्यार्थी भर्ना अभियान चलाउनेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्