केही क्षेत्रमा प्रतिबन्ध कायम गर्दै १२० दिन लामो लकडाउन अन्त्यको घोषणा (मन्त्रिपरिषद बैठकको संक्षिप्त निर्णय सहित) – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

केही क्षेत्रमा प्रतिबन्ध कायम गर्दै १२० दिन लामो लकडाउन अन्त्यको घोषणा (मन्त्रिपरिषद बैठकको संक्षिप्त निर्णय सहित)

    मा प्रकाशित

कनिका खबर
साउन ६, काठमाडौं

आज मध्यरातिबाट सरकारले लक डाउन अन्त्य गर्ने निर्णय गरेको छ । आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न सरकारका प्रवक्ता डा. युवराज खतिवडाले गत चैत ११ गतेबाट जारी भएको लक डाउन आजरातिबाट खुला गर्ने निर्णय भएको बताए । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए ।

सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थलहरु, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहने उनले बताए । यद्यपी विद्यार्थी भर्ना परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको उनले बताए । सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उनले बताए ।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपायहरु अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गतेसम्म आवतजावत बन्द गरिएको उनले बताए । स्वदेश आउनै पर्ने नागरिकहरुको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर लुकिछिपी आएको खण्डमा कानून अनुसार कारवाही हुने उनले बताए ।

मन्त्रिपरिषद बैठकको निर्णय हेर्नुहोस्

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्