आजदेखि त्रिविका क्याम्पसहरु खुल्ने – Kanika Khabar
Friday, December 1Nepali News Portal

आजदेखि त्रिविका क्याम्पसहरु खुल्ने

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
नेपालमा १२० दिन पछि आजबाट लकडाउन हटेको छ । कोभिड १९ को महामारीको सङ्क्रमणलाई रोक्न सरकारले लकडाउनको घोषणा गरेको थियो । आजदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु आज बुधबारबाट खुल्ने भएका हुन् ।

क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना संक्रमण जोखिमका कारणका कारण लकडाउन घोषण भएपछि त्रिविका क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो ।

शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्