इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको जित – Kanika Khabar
Sunday, January 18Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा सिटीको जित

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४–० गोल अन्तरले पराजित गरेको हो । वाट्फोर्डको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई गोल गरे ।

यस्तै फिल फोडेन र एम्रिक लापोर्टेले एक एक गोल गरेका थिए । जितसँगै दोस्रो स्थानको सिटीले ३७ खेलमा ७८ अंक जोडेको छ । र, सिटीले च्याम्पियन तथा लिग लिडर लिभरपुलसँगको अंक दुरी समेत घटाएको छ । सिटी लिभरपुल भन्दा १५ अंकले पछि रहेको छ । लिभरपुलको ९३ अंक रहेको छ । वाट्फोर्ड ३४ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्