श्रद्धाञ्जलि सभा सम्पन्न – Kanika Khabar
Thursday, March 28Nepali News Portal

श्रद्धाञ्जलि सभा सम्पन्न

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।


नेपाली काङ्ग्रेस दाङ जिल्लाका जिल्ला सदस्य कलम ओली तथा क्षेत्रीय प्रतिनिधि डिल्ली बहादुर वलीको ममतामयी आमा लालकुमारी ओलीको १३ औँ दिनको पूण्य तिथिको अवसरमा आज श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसका घोराही उपमहानगरपालिका वडा नं. १० का वडा सभापति देव बहादुर वलीको सभापतित्व तथा काङ्ग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भूपबहादुर डाँगीको प्रमुख आतिथ्यतामा  नारायणपुर सम्पन्न श्रद्धाञ्जलि सभा कार्यक्रममा बोल्ने वक्ताहरुले मृतक लालकुमारीले पार्टीको सुदृढीकरणका लागि खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गरेका थिए । साथै उनको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको बताएका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तथा पूर्व महासमिति सदस्य भरतबहादुर न्यौपाने , नेपाली काङ्ग्रेसका पूर्व महासमिति सदस्य हरि रजौरे, काङ्ग्रेस नेता रेख बहादुर वली लगायतले धारणा राखेका थिए । कार्यक्रममा उपस्थितहरुलाई परिवारका तर्फबाट कालिका बस्नेतले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सहजीकरण काङ्ग्रेस वडा नं. १० का सचिव शिशिर लम्सालले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्