स्थानीयले सडक बिचमै केराको बोट रोपे – Kanika Khabar
Saturday, April 27Nepali News Portal

स्थानीयले सडक बिचमै केराको बोट रोपे

    मा प्रकाशित

शरद सागर देवकोटा
साउन ७, दाङ ।

सडक बिग्रेको लामो समयसम्म मर्मत नहँुदा दुर्घटनाको उच्च जोखिम भएको भन्दै सरकारलाई दवाव स्वरुप सडकको बिचमै स्थानीयले दुई वटा केराका बोट रोपेका छन । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्तीस्थित पूर्वपश्चिम राजमार्गमा स्थानीयले सडक बिचमै केराको बोट मङ्गलबार बिहान रोपेका हुन । सडक बिग्रिएको खाल्डाखुल्टी मर्मतका लागि पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेपछि स्थानीयले बिरोध जनाउदै बाटोको बीचमा केरा रोपेका हुन ।
लमहीदेखि पूर्व तर्फको मुख्य राजमार्गको अवस्था दिन प्रति दिन जीर्ण बन्दै गएको छ । बिच सडकमा ठुला ठुला खाडल बनेका छन् । सडकमा परेका खाडलका कारण कैयौंपटक सवारी साधन दुर्घटनामा परेका छन भने कति मानिसले ज्यान समेत गुमाउनु परेको स्थानीयले बताएका छन् । गत वर्ष लमहीदेखि पश्चिम तर्फ सडकमा परेको खाल्डा खुल्डी मर्मत गरे पनि फेरि यो वर्ष वर्षा लागे लगत्तै पूर्वपश्चिम राजमार्गमा खाल्डाखुल्टी परेको छ । सडक बिग्रिएर खाल्डाखुल्टी हुँदा पनि सम्वन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्