बाजुरामा आन्तरिक उडान सूचारु – Kanika Khabar
Friday, April 19Nepali News Portal

बाजुरामा आन्तरिक उडान सूचारु

    मा प्रकाशित

जीवन कैला,
साउन ८, बाजुरा ।
लकडाउनका कारण गत चैत्र ११ गतेदेखि आन्तरिक उडान वन्द गरेका हवाई सेवा कम्पनीले उडान सुचारु गरेका छन् । नेपाल सरकारको मापदण्ड पूरा गरी हिजो बाजुरामा पनि उडान शुरु भएको नागरिक उड्ययन कार्यालय बाजुराले जनाएको छ ।
नेपाल सरकारको मापदण्ड अनुसार जिल्ला प्रशासन कार्यालयको सिफारिस, गृह मन्त्रालयको अनुमतिमा आरडीटी परीक्षण अनिवार्य गरेर मास्क, ग्लोब्स लगायत स्वास्थ्य सुरक्षाका सामग्री लगाउनुपर्ने गरी उडान शुरु गरिएको नागरिक उड्ययन कार्यालय बाजुराका प्रमुख श्रीकृष्ण रिजालले बताए ।
हिजो बुधबार समिट एयरले बाजुराका एक जना सहित हुम्लाको ताँजाकोट गाउँपालिकाका १५ जना यात्रुलाई नेपालगञ्ज लगेको छ । हिजै समिट एयरले दुईवटा उडान भरेको छ । हाल बडिमालिका एयर कार्गो सेवाको पहलमा बाजुरामा पनि हवाई सेवा शुरु गरिएको बडिमालिका एयर कार्गो राजाँ एयरपोट प्रतिनिधि ज्ञानु बमले बताए । आगामी दिनमा पनि सम्पूर्ण सुरक्षा प्रक्रिया पूरा गरेर बाजुराबाट यात्रुलाई नेपालगञ्ज र सुर्खेत पठाई समिट एयरका प्रमुख विनोद सिंहले बताउनु भएको छ । बाढीपहिरोका कारण सडक मार्ग अवरुद्ध भइरहेका बेला हवाई सेवा सूचारु भएपछि नागरिक खुशी भएका छन् । नागरिक सेवा सरोकार मञ्च बाजुराका संयोजक जनेश भण्डारीले कोभिडबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाएर हवाई सेवा सुचारु भएकोमा खुसी ब्यक्त गर्दै सुरक्षाका उपायमा कुनै हेलचेक्राइ गर्न नहुने बताए । हवाई सेवा सुचारु भएपछि विशेष गरेर प्रसुती सम्बन्धी समस्या भएका र अन्य बिरामीलाई पनि सजिलो हुने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्