काभ्रेमा सार्वजनिक बस चल्न थाले, आजबाट जिल्लाभर चल्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

काभ्रेमा सार्वजनिक बस चल्न थाले, आजबाट जिल्लाभर चल्ने

    मा प्रकाशित

यश कुमार परियार
साउन ८, काभ्रे ।
गत चैत ११ गतेदेखी बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेका सार्वजनिक बस चल्न थालेका छन् । बनेपा, पनौती, धुलिखेल, भकुण्डे, पाँचखाल लगायत क्षेत्रमा फाट्टफुट्ट बस सञ्चालन हुन थालेका हुन् । ग्रामीण भेगमा भने अझै सार्वजनिक बस सञ्चालन हुन सकेका छैनन् ।
यातायात प्रालीमा दर्ता भएका बस बाहेक अन्य बस सञ्चालनमा आएका छन् । काभ्रे पुण्यवती प्रालिका अध्यक्ष राजेशसुन्दर सैजूले साउन ८ गतेबाट बस सञ्चालनमा ल्याउने गरी छलफल भइरहेको बताउनुभयोे । केही फाटफुट बस मर्मतका लागि सञ्चालनमा आएका छन् । पूरै सञ्चालन भने साउन ८ गते आजबाट मात्र हुने उहाँले जानकारी दिए ।
काभ्रेपलाञ्चोक जिल्लामा काभ्रे पुण्यवती, काभ्रे बस, हेलम्बु, हिमाल तराई, अरनीको, मयुर, साझा लगायतका यातायात सञ्चालनमा रहेका छन् । सार्वजनिक यातायात सञ्चालन नहुँदा स्थानीयले निजी गाडीमा महङ्गो भाडामा यात्रा गर्न बाध्य थिए । ग्रामीण भेगमा भने खाद्यान्न, दूध, तरकारी बोक्ने ट्रकमा स्थानीयले असुरक्षित यात्रा गर्नुपर्ने बाध्यता छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्