एमालेले शक्ति प्रदर्शन गर्दै – Kanika Khabar
Saturday, July 12Nepali News Portal

एमालेले शक्ति प्रदर्शन गर्दै

    मा प्रकाशित

काठमाडौँ, ७ मङ्सिर ।
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आज शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्दै छ । जागरण सभा नाम दिइएको प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ ।

प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने एमालेको तयारी छ। प्रदर्शनमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा रहने एमालेले जनाएको छ।

वर्तमान सन्दर्भमा जनताका बिचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरूरी भएको भन्दै जनजागरण सभाको आयोजना गर्न लागेको एमालेको भनाइ छ। दरबारमार्गमा हुने सभामा प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने केन्द्रीय सदस्य कोमल वलीले जानकारी दिइन् ।
राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाकाबारेमा जनतालाई स्पष्ट गर्न प्रदर्शनको तयारी गरिएको वलीले जानकारी दिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्