राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ एक बाट सुरु गर्ने एन्फाको तयारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ एक बाट सुरु गर्ने एन्फाको तयारी

    मा प्रकाशित

कनिका खबर
साउन ८, दाङ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले कोरोना भाइरस महामारीले रोकिएको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ एक गते देखि फेरि सुरु गर्ने तयारी गरेको छ । कोरोना महामारीको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ गते देखि बन्दाबन्दी लागु गरेपछि फुटबल टिमको प्रशिक्षण रोकिएको थियो । सरकारले चार महिनापछि हिजो बन्दाबन्दी खुल्ला गरेपछि अब खेलकुदको लागि प्रशिक्षण गर्ने बाटो खुलेको हो ।
नेपालले विश्वकप छनोटअन्तर्गत अक्टोबर–नोभेम्बरमा घरेलु मैदानमा खेल्दैछ । त्यसैका लागि एन्फाले बन्दाबन्दी जारी रहेकै बेला जुलाई पहिलो सातादेखि प्रशिक्षण सुरु गर्न पहल गरेको थियो । तर युवा तथा खेलकुद मन्त्रालय हुँदै सीसीएमसीसम्म उक्त एजेन्डा पुगे पनि पास हुन सकेको थिएन । अब सरकारले बन्दाबन्दी खुल्ला गर्दै भदौ एक गतेदेखि अन्तर्राष्ट्रिय प्रशिक्षक र प्रारम्भिक चरणका खेल सुरु गर्न सकिने निर्णय गरेपछि एन्फा पनि फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारीमा लागेको हो । त्यसका लागि एन्फाले विभिन्न चरणमा काम गर्ने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए ।
राष्ट्रिय टिमका धेरै खेलाडी अहिले उपत्यका बाहिर छन् । त्यसैले एन्फाले अबको एक सातापछि सबै खेलाडीलाई काठमाडौं बोलाइसक्ने जनाएको छ । काठमाडौंमा आएपछि दुई साता जति खेलाडीलाई होटलमा राखिने भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्