झापामा एकैदिन डुबेर तीन जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

झापामा एकैदिन डुबेर तीन जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ८, काठमाडौं ।

झापामा एकैदिन डुबेर तीन जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन् । गएराति आठ बजेतिर भद्रपुर नगरपालिका दुइका १० वर्षका अंकुश तामाङ नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला परेका हुन् । उनीसँगै खेल्न गएका स्थानीय १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामी बेपत्ता भएका छन् । राति दुइ बजेसम्म खोजी गर्दा उनीहरु नभेटिएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।

आज बिहानदेखि पुनः खोजी सुरु गरिएको जनाइएको छ । त्यस्तै हिजो साँझ साढे पाँच बजेतिर दमक नगरपालिका दुइस्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका पाँचका ४५ वर्षका राम केरुङ मृत फेला परेका छन् । खोलाले बगाएर ल्याएको अवस्थामा उनको शव फेला परेको थियो । हिजै साँझ झापा गाउँपालिका ६ झाक्री चक्रमारी बस्ने ६५ वर्षका हरिमाया सार्कीको खेतको आलीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस वर्ष वर्षायाम सुरु भएयता पानीमा डुबेर जिल्लामा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने दुईजना बेपत्ता रहेका प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्