बाढीले बगाउँदा रौतहटमा तीन जनाको मृत्यु – Kanika Khabar
Thursday, March 20Nepali News Portal

बाढीले बगाउँदा रौतहटमा तीन जनाको मृत्यु

    मा प्रकाशित

उपेन्द्र गोले
साउन ८, रौतहट ।
केही दिनदेखि परेको लगातारको वर्षासँगै आएको बाढीमा परि रौतहटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृत्यु हुनेमा रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर दुई गेरही गुठीका एक जेष्ठ नागरिक, कटहरिया नगरपालिका एक भसेडवाका २५ वर्षका बैजु यादव रहेका छन् । यसअघि हिजो पनि बाढीको पानीमा डुबेर रौतहटको चन्द्रपुर तीन गैडाटारका ५८ वर्षका सुकमान थिङको मृत्यु भएको थियो ।
यो सँगै बाढीले रौतहटमा ज्यान गुमाउनेको संख्या तीन पुगेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए । वर्षाले विशेष गरी रौहतटका दक्षिणी क्षेत्रमा लालबकैया र बागमती नदीको बाढीले अत्याधिक रुपमा जमिन कटान गर्नुका साथै उक्त क्षेत्र डुबानमा परेको छ । गौर लगायतका क्षेत्रमा आज पनि जलमग्न रहेको स्थानीयले बताएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्