प्राकृतिक विपद्बाट सुदुरपश्चिम प्रदेशमा पछिल्लो एक महिनामा १६ जनाको मृत्यु – Kanika Khabar
Wednesday, November 29Nepali News Portal

प्राकृतिक विपद्बाट सुदुरपश्चिम प्रदेशमा पछिल्लो एक महिनामा १६ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ९, दाङ
सुदूरपश्चिम प्रदेशमा प्राकृतिक विपद्बाट पछिल्लो एक महिनाको अवधिमा १६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक अनुसार पछिल्लो एक महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो, चट्याङ, सर्पदंश लगायतका ४१ घटनामा १६ जनाको मृत्यु भएको हो । सुदूरपश्चिमका नौ मध्ये सात जिल्लामा भएका विपद्का ४१ घटनामा १६ को मृत्यु भएको छ भने १८ घाइते भएका छन् । यो हप्ताको दार्चुलामा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । सुदूरपश्चिममा पछिल्लो एक महिनाको अवधिमा पहिरोबाट सबैभन्दा बढी जनधनको क्षति भएको जनाइएको छ । यो अवधिमा सुदूरपश्चिम प्रदेशमा भएका पहिरोका २५ घटनामा ११ जनाको मृत्यु भएको छ । पहिरोका कारण एक जना अझै बेपत्ता रहेका छन् भने आठ जना घाइते भएका छन् । प्रदेशमा बाढीका ६ घटनामा धनमालको क्षति हुनुका साथै ६७ परिवार विस्थापित भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्