मौवाखोलामा साना सवारी चल्न थाले – Kanika Khabar
Monday, December 8Nepali News Portal

मौवाखोलामा साना सवारी चल्न थाले

    मा प्रकाशित

कनिका खबर
साउन ९, धादिङ
गत सोमबार अविरल वर्षासँगै आएको बाढीले चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलको जिप भत्किएपछि पूर्णरुपमा बन्द भएको पृथ्वीराजमार्ग आजबाट पुनः सञ्चालनमा आएको छ । अबिरल बर्षाका कारण बेनिघाट रोराङ गाउँपालिका वडा नं. १० मौवाखोला स्थित पृथ्वी लोकमार्ग जोड्ने पुल छेउको सडक खण्ड खोलाले कटान गरी भत्किएको सडकमा नेपाली सेनाले ग्याबिन जाली भरेर मर्मत गरेपछि बिहानबाट मोटरसाइकल र साना सवारी साधन सञ्चालन आएका हुन् ।

मौवाखोलाको पुल र सडक जोड्ने १२ मिटर भाग नेपाली सेनाले ग्याबिन जाली राखी सडकको मर्मत गरेका थिए । सोमबारबाट पृथ्वीराजमार्गको मौवाखोलाको पुल अवरुद्ध भएपछि पुलनिर्माण कार्य तीव्रगतिमा अगाडि बढाइएको जिल्ला ट्राफिक कार्यालय गजुरीका प्रमुख नेत्र प्रसाद भट्टले जानकारी दिनुभयो । पुलको जिपसँगै भत्किएको सडकखण्ड ग्याभिन वाल राखेर मर्मत कार्य भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्