सिन्धुलीमा सार्वजनिक सवारी साधन सञ्चालनमा – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

सिन्धुलीमा सार्वजनिक सवारी साधन सञ्चालनमा

    मा प्रकाशित

कनिका खबर
साउन १०, सिन्धुली

कोरोनाको महामारीका कारण सरकारले लगाएको लकडाउन अन्त्य भएसंगै सिन्धुलीमा सार्वजनिक सवारी साधन सञ्चालनमा आउन थालेका छन् । चार महिनादेखि थन्किएका सार्वजनिक सवारी साधन सरकारले निर्णय गरेको झण्डै दुई सातापछि सञ्चालन भएका हुन् ।

सुनौलो बीपी यातायात प्रालिका अध्यक्ष कान्छामान बलले हिजो सदरमुकाम सिन्धुलीमाढीदेखि मरिण र दुधौलीसम्म सार्वजनिक सवारी साधन सञ्चालन गरिएको जानकारी दिनुभयो । आजदेखि सिन्धुलीमाढीबाट घुर्मि, नेपालथोक, चकमके र घ्याङलेखसम्म सार्वजनिक सवारी साधन सञ्चालनमा आएको उहाँले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्