पाल्पामा यो वर्ष कुनैपनि जात्रा र मेलाको आयोजना नहुने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पाल्पामा यो वर्ष कुनैपनि जात्रा र मेलाको आयोजना नहुने

    मा प्रकाशित

कनिका खबर
साउन १०, पाल्पा
पाल्पाको तानसेन नगरपालिका भित्र यस वर्ष हुने सबै जात्रा तथा मेलाहरु सञ्चालन नहुने भएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, गुठियार तथा धार्मिक संस्थाहरुको संयूक्त बैठकले यस बर्ष सबैखाले जात्रा तथा मेला सञ्चालन नगर्ने निर्णय गरेको हो । तानसेनमा हरेक वर्ष साउन महिनादेखी विभिन्न मेला तथा जात्रा लाग्दै आएको थियो । कोरोना भाइरस संक्रमणका कारण जमघट तथा भिडभाड गर्न नहुने भएकाले यस वर्ष मेला सञ्चालन नगर्ने निर्णय गरिएको तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।

लकडाउन हटे पनि भदौ १ गतेबाट मात्र लामो रुटका सार्वजनिक सवारी सञ्चालन हुने भएकाले जात्रा हेर्न आउन पनि समस्या रहेको उहाँले बताउनुभयो । यसबर्ष साउन २८ गते परेको पाल्पाको सबैभन्दा ठुलो जात्रा भगवती जात्रा पनी नमनाईने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्