हाम्रो पहुँच डेरीमा दुध बिक्रि गर्ने किसानलाई अनुदान वितरण – Kanika Khabar
Friday, April 19Nepali News Portal

हाम्रो पहुँच डेरीमा दुध बिक्रि गर्ने किसानलाई अनुदान वितरण

    मा प्रकाशित

कनिका खबर
दाङ, ११ साउन ।

हाम्रो पहुचँ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संञ्चालित डेरी उद्योगमा दुध बिक्रि गर्ने किसानलाई अनुदान रकम वितरण गरिएको छ । प्रदेश नम्बर ५ सरकार, भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीबाट दुग्ध उत्पादक किसानका लागि प्राप्त अनुदान रकम बितरण गरेको हो ।

संस्थाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकम १ लाख ४३ हजार २०० रुपैँया दुग्ध उत्पादक किसानलाई प्रदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिए । प्रदेश सरकारले सहकारी संस्थामा दुध बेच्ने किसानहरुलाई अनुदान कार्यक्रममा समावेश गरेको छ ।

प्रदेश सरकारबाट प्राप्त रकम हाम्रो पहँुच सहकारीको डेरीमा दुध बिक्रि गर्ने किसानलाई बितरण गरिएको हो । संस्थाका अध्यक्ष शुक्रराज भण्डारी र सल्लाहकार भरत भण्डारीले दुग्ध उत्पादक किसानहरुलाई शुक्रबार उक्त रकम हस्तान्तरण गर्नु भएको हो ।

राहत रकम वितरण गर्दै संस्थाका सल्लाहकार भरत भण्डारीले सहकारी संस्थाबाट दुध तथा दुग्धजन्य पदार्थ बजारीकरण हुदाँ तुलसीपुर क्षेत्रका धेरै किसानलाई सहज भएको बताए । उनले किसानले उत्पादन गरेको दुधको बजारीकरणमा सहकारीले महत्वपूर्ण भूमिका खेलेको भन्दै किसानहरुको आर्थिक तथा व्यबसाय प्रबद्र्धनका लागि सहकारी प्रमुख आधार भएको बताए ।

त्यस अवसरमा संस्थाले डेरी उद्योगमा कार्यरत कर्मचारी तथा दुध उत्पादक कृषक सदस्यहरुलाई दुग्ध उत्पादन तथा विविधिकरण सम्बन्धि अभिमुखिकरण गरेको छ । किसानललाई दुधको उत्पादन बढाउन पशुलाई दाना तथा घाँस व्यवस्थानमा ध्यान दिनुपर्ने कुरा र डेरी उद्योगका कर्मचारीलाई दुधको शुद्धता, विविधिकरण र गुणस्तियताका विषयमा अभिमूखिकरण गरिएको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले दुग्ध उत्पादक किसानहरुलाई केन्द्रमा राखेर उद्योगको स्थापना गरिएको भन्दै डेरी उद्योगले उपभोक्तालाई दिने दुध तथा दुग्धजन्य पदार्थमा गुणस्तरियतामा बढी जोड दिएको बताए । कार्यक्रमको सहजीकरण संस्थाका कार्यकारी प्रमुख जनक भण्डारीले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्