नेकपा विवादको दलदलमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

नेकपा विवादको दलदलमा

    मा प्रकाशित

कनिका खबर
साउन ११, काठमाडौँ ।
सत्तारुढ दल नेकपा विवादको दलदलमा परेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र साम्य हुन खोजेको विवाद फेरि चर्किएको छ । शीर्ष तहका नेताहरू नै सार्वजनिक रुपमा आरोपप्रत्यारोप उत्रिएका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नोपालले प्रधानमन्त्री लक्षित गरी सार्वजनिक रूपमा नै आरोप लगाउन थालेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली निकट नेताहरू सार्वजानिक रूपमा त्यसको प्रतिवादमा उत्रिएका छन् ।

शीर्ष नेताहरू बीचको अभिव्यक्तिले पार्टी र सरकारबीचको सम्बन्ध नै सङ्कटमा परेको देखिएको छ । निर्वाचन आयोगमा नेकपा एमाले पार्टी प्रधानमन्त्री ओलीसमेतको सक्रियता र पहलमा दर्ता भएको प्रचण्डको आरोप छ । शीर्ष नेताहरू नै तल्लो तहका नेताको हैसियतमा सार्वजनिक हमलामा उत्रेपछि नेकपाको विवादले नयाँ मोड लिएको देखिएको थियो । विवादकाबीच साउन १३ गते बस्ने स्थायी कमिटी बैठक पेचिलो बन्ने देखिएको छ । त्यो बैठकमा जनताको बहुदलीय जनवादसहितको सिद्धान्तको बहस पनि हुने देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्