अछाममा सलह देखियो – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

अछाममा सलह देखियो

    मा प्रकाशित

माधव तिमिल्सैना
साउन ११, अछाम ।
अछाममा ठूलो झुण्डमा सलह देखिएको छ । जिल्लाको कमलबजार नगरपालीका ५ कुईकामा हिजो ठूलो सङ्ख्यामा सलह किरा देखिएको हो । दैलेखको सिमाना हुँदै ठूलो झुण्डमा देखिएको सलहले हिजो मध्यान्ह् १२ बजेतिर कुइकामा मकै तथा धालबाली नष्ट गरेको छ । ठूलो सङ्ख्यामा आएको सलह किराले बालीनाली समेत नष्ट गर्न थालेपपछि किसान चिन्तित बनेका छन् ।
लामो समयको लकडाउनले प्रभाव पारेको कृषि क्षेत्रमा अहिले फेरि सलह नामको किराले बालीनालीमा लाखौँ बराबरको क्षति गरिसकेको स्थानीय कम्मानसिंह भुलले जानकारी दिए । कमलबजारमा देखिएको सलह विनायकसम्म ठूलो झुण्डमा आउन थालेपछि विनायकमा पनि बाजा गाजा, थाला, ठटाएर भगाउने प्रयास गरिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्