निगमले आउँदो हप्ता देखि उद्धार उडान गर्ने – Kanika Khabar
Friday, September 11Nepali News Portal

निगमले आउँदो हप्ता देखि उद्धार उडान गर्ने

    मा प्रकाशित

कनिका खबर
साउन ११, काठमाडौं
विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि जुलाई ३१ अर्थात अबको पाँच दिन पछि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने भएका हुन् । छिट्टै उद्धार उडानको तालिका बनाइने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । यसैबीच निगमको जुलाई २७ तारिखका लागि तय भएको बैंगलौर–काठमाडौँ उद्धार उडान दुई दिनपछि अर्थात् जुलाई २७ तारिखका लागि सारिएको विज्ञप्ति मार्फत जानकारी गराईएको छ । यसबाट यात्रुवर्गलाई पर्न गएको असुविधामा निगमले माफी मागेको छ । निगमका उद्धार उडान तालिका र भाडादर सम्बन्धि जानकारी चाहिएमा निगम कार्यालयमा फोन तथा वेवसाईटमा हेर्न पनि निगमले अनुरोध गरेको छ । हिमालयले पनि ३१ जुलाईमा चीनको कुनमिङमा चार्टर्ड उडान गर्ने जनाएको छ । थप उडानको यकिन भइनसकेको कम्पनीले उल्लेख गरेको छ । सरकारले गत जेठ १६ गते तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णयअनुरुप विभिन्न चरणमा नेपाली स्वदेश फर्काइएको हो । अहिलेसम्म करिब ३५ हजार नेपाली स्वेदश फर्किसकेका छन् । सरकारले आगामी भदौ एक गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने निर्णय गरिसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्