निजी क्षेत्रको अनियमितता छानबिन अख्तियार मातहत ल्याउन पदाधिकारीको माग – Kanika Khabar
Thursday, April 16Nepali News Portal

निजी क्षेत्रको अनियमितता छानबिन अख्तियार मातहत ल्याउन पदाधिकारीको माग

    मा प्रकाशित

कनिका खबर
साउन ११, काठमाडौं
निजी क्षेत्रको अनियमितता छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मातहत ल्याउन आयोगका पदाधिकारीले माग गरेका छन् । आयोगको वार्षिक प्रतिवेदनमाथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आज बसेको बैठकमा उनीहरूले निजी वित्तीय क्षेत्रको अनुसन्धान तथा छानबिनको अधिकार दिनुपर्ने जनाएका हुन् । आयोगका सचिव सुरेश अधिकारीले व्यक्तिगत सम्पत्तिको छानबिन गर्न अख्तियारले माग नगरेको भन्दै जनताको लगानी हुने क्षेत्र र त्यसमा हुने भ्रष्टाचारले जनताको लगानी खतरामा पर्ने भएकाले अख्तियारले छानबिन गर्न पाउनुपर्ने उल्लेख गर्नुभयो । अख्तियारले निजी क्षेत्रमा प्रवेश पाउनुपर्ने सुझाव सरकारलाई दिइएको सचिव अधिकारीको भनाइ थियो ।

सरकारलाई दिइएका सुझाव प्रस्तुत गर्ने क्रममा निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभित्र राख्नुपर्ने माग गरेको उहाँले जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक अहिले संसद्मा विचाराधीन छ । उक्त विधेयकलाई राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ जो विवादित बनेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्