काँग्रेसमा महाधिवेशन लक्षित दौडधुप तीव्र – Kanika Khabar
Sunday, April 27Nepali News Portal

काँग्रेसमा महाधिवेशन लक्षित दौडधुप तीव्र

    मा प्रकाशित

कनिका खबर
साउन १२, काठमाडौं
पार्टीको १४औँ महाधिवेशन फागुनमै गर्ने गरी असार तेस्रो साता बसेको केन्द्रीय समिति बैठकले कार्यतालिका परिमार्जन गरेसँगै नेपाली काँग्रेसमा चुनाव लक्षित गतिविधि तीव्र हुँदै गएको छ । नेताबीच भेटघाट र छलफल बाक्लिएका छन भने अनौपचारिक गुटगत भेला पनि हुन थालेका छन् । काँग्रेसको भावी नेतृत्वका लागि शीर्ष तहका नेताले सार्वजनिक रूपमै उम्मेदवारी घोषणा नगरे पनि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा शेखर कोइरालाले सभापति पदका लागि लबिङ गर्दै आउनुभएको छ । यसअन्तर्ग हिजो काँग्रेस नेता अर्जुनरसिंह केसीको घरमा पौडेल पक्षको भेला भएको छ । भेलाले सभापति देउवाले पार्टीको महाधिवेशन प्रभावित पर्नेगरी गतिविधि बढाएको निस्कर्ष निकालेको एक नेताले जानकारी दिए । सभापति पदलगायत नेतृत्वका आकाङ्क्षी नेताहरूले महाधिवेशन लक्षित गरी आआफ्ना सम्पर्क कार्यालय पनि सञ्चालनमा ल्याएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्