इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको जित – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलको जित

    मा प्रकाशित

कनिका खबर
साउन १२, दाङ
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले वाट्फोर्डलाई ३₋२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्सनलले ५६ अंक जोडेर आठौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । वाट्फोर्ड भने ३४ अंक जोडेर रेलिगेसनमा परेको छ । यस्तै टोटेनहमले अन्तिम खेलमा क्रिस्टल प्यालेससँग १₋१ गोलको बराबरी खेलेको छ । टोटेनहमका ह्यारी केनले एक गोल गर्नुभयो । क्रिस्टलका जेफ्रीले एक गोल फर्काउनुभएको थियो । बराबरीसँगै टोटेनहमले छैटौं स्थानमा रहेर सिजनको अन्त्य गरेको छ । टोटेनहमले ५९ अंक जोड्यो । क्रिस्टल ४३ अंक जोडेर १४ औं स्थानमा रह्यो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्