विद्यालय सञ्चालनको वातावरण तय गर्न आग्रह – Kanika Khabar
Thursday, April 18Nepali News Portal

विद्यालय सञ्चालनको वातावरण तय गर्न आग्रह

    मा प्रकाशित

कनिका खबर
साउन १२, दाङ ।
दाङमा प्याब्सन तथा एन प्याब्सनले विद्यालय सञ्चालनको वातावरण तय गर्न प्रमुख जिल्ला अधिकारी तथा शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेका छन् । आज सोमबार प्याब्सन तथा एन प्याब्सनका पदाधिकारीहरुले प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल तथा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देवमणी चौधरीलाई भेटेर संस्थागत विद्यालयका समस्याहरु राखेका हुन् ।
भेटमा कोभिड १९ का कारण संस्थागत विद्यालयहरुमा परेका समस्याका बारेमा छलफल गरिएको थियो । शैक्षिक सत्र ०७६ को बाँकी बक्यौता रकम असुली, विद्यार्थीलाई पाठ्यपुस्तक व्यवस्थापन, विद्यार्थी अभिलेखीकरण लगायतका कार्य सम्पादन गर्नुपर्ने भएकाले तत्कालै यस्ता कार्य सञ्चालनमा सहजता सिर्जना गरिदिन आग्रह गरेका थिए । छलफलमा प्रमुख जिल्ला अधिकारी तथा इकाइ प्रमुखले आफूहरु सकारात्मक भएको बताएका थिए ।
त्यसै गरि बैठकले वालवालिकाहरुका लागि किताव व्यवस्थापन गरिदिन अभिभावकहरुलाई आग्रह गरेको छ । टेलिभिजन, रेडियो लगायवाट पठनपाठन भैरहेकोहुदा वालवालिकाहरुलाई गृहअध्ययनमा लगाउन समेत बैठकले आग्रह गरेको छ ।
छलफलमा प्याब्सन दाङका प्रमुख सल्लाहकार तथा केन्द्रीय सदस्य यादव गिरी, केन्द्रीय सदस्य केशव थापा, एन प्याब्सनका केन्द्रीय सदस्य प्रकाश शर्मा, एन प्याब्सन प्रदेश नं. ५ का अध्यक्ष शुवोध कुमार डाँगी, प्याब्सन दाङका अध्यक्ष रेशमबहादुर बुढा, एन प्याब्सन दाङका अध्यक्ष विमल गौतम, एनप्याब्सन प्रदेश नं. ५ का प्रदेश सदस्य नरेश आचार्य, प्याब्सन दाङका उपाध्यक्ष निर्मल न्यौपाने, विजय जिएम, एनप्याब्सनका जिल्ला उपाध्यक्ष भूमान्डव के.सी, प्याब्सन घोराही नगरका अध्यक्ष वीरेन्द्र चन्द लगायतको सहभागी रहेको थियो । छलफलको सहजीकरण प्याब्सन दाङका सचिव खगेश्वर पौडेलले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्