सुनिल थापा आज काङ्ग्रेसमा प्रवेश गर्दै, सह महामन्त्री बनाइने – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

सुनिल थापा आज काङ्ग्रेसमा प्रवेश गर्दै, सह महामन्त्री बनाइने

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
केही दिन अगाडि मात्र राप्रपा छाडेका सुनिल थापा आज नोपली काङ्ग्रेसमा प्रवेश गर्दै छन् ।

थापा सहित ४२ जना नेता, कार्यकर्ताले आज नेपाली काँग्रेस प्रवेश गर्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री एवं पूर्वमन्त्री थापाले काँग्रेस प्रवेसका लागि ४२ जनाको नाम केन्द्रीय कार्यालयमा उपलब्ध गराएको काङ्ग्रेस स्रोतले जनाएको छ ।

उनीहरुमध्य २१ जना आज पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भएर पार्टी प्रवेश गर्ने छन् भने २१ जना नेता तथा कार्यकर्ता सम्बन्धित जिल्लाबाट काँग्रेस प्रवेश गर्ने छन्।

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताहरूले थापासहितका नेतालाई पार्टी प्रवेश गराउने छन् ।

राप्रपाबाट राजीनामा गरेको जनाउँदै पार्टी अध्यक्षलाई पत्र लेखेका पाँच नेताले काँग्रेस केन्द्रीय सदस्यको जिम्मेवारी पाउने छन् ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा विष्णुविक्रम थापा, बृजलाल यादव, बाबुराम बस्नेत, रामकृष्ण भट्टराई र किरण गिरी रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्