कालिकोट पहिरो परि एक जनाको मृत्य, ७ जना बेपत्ता – Kanika Khabar
Thursday, March 28Nepali News Portal

कालिकोट पहिरो परि एक जनाको मृत्य, ७ जना बेपत्ता

    मा प्रकाशित

मान बहादुर बिश्वकर्मा
साउन १३, कालिकोट ।
कालिकोटमा गएराति देखि परेको अबिरल बर्षाका पहिरोमा पुरिएर ७ जना बेपत्ता भएका छन् । बिभिन्न ठाउँहरुमा आएको बाढी र पहिरोले घरहरु बगाएको छ । बाढी पहिरोले रास्कोट नगरपालिका वडां नं १ बडतोलामा रहेको जय बहादुर शाहिको घर बगाउँदा एकै घरका पाँचजना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा घरमुली ५० वर्षका जय बहादुर शाही, उनकी छोरी १५ वर्षका संगीता शाही, १२ वर्षकी कौसी शाही, ८ वर्षका छोरा नवीन शाही रहेका छन् ।
यस्तै रास्कोट नगरपालिका वडा. नं. १ कै डम्बरबहादुर शाहीकी छोरी वर्ष १५ की अस्मिता शाही पनि बेपत्ता भएकी छिन् । यस्तै पहिरोले रास्कोट नगरपालिका वडां नं. १ पोदमारामा टेक बहादुर टमट्टाको घर भत्काईदिएपछि घरमा बस्न आएकी सान्नित्रिर्बेणि गाउँपालिका वडां नं.७ का बेलपुरा शाहीको मृत्यु भएको छ । घर भत्किदा टेक बहादुर टमट्टाका छोरी यसोदा टमट्टा र महेसरा टमट्टा घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । रास्कोट नगरपालिका भित्रका लडेखोला, तुसारखोला लगाएतका साना खहरे खोलामा निरन्तर अत्याधीक बाढी आइरहेकाले आवत जावतमा समस्या भएको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा प्रहरी र नगर श्रम बैंकका उद्धारकर्मी उद्धार कार्यामा जान खोजेपनि लडेखोलाको बाढीले जान कठीनाई भएको रास्कोट नगरपालिकाका नगर उप प्रमुख मिमसरा बलमे जानकारी दिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्