सुनिल थापा काङ्ग्रेसमा प्रवेश – Kanika Khabar
Friday, March 29Nepali News Portal

सुनिल थापा काङ्ग्रेसमा प्रवेश

    मा प्रकाशित

कनिका खबर
साउन १३, दाङ ।
राप्रपा परित्याग गरेर सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । आफ्नै बाबु लगायतले गठन गरेको पार्टी परित्याग गर्दै थापा आज काँग्रेसमा प्रवेश गर्नुभएको हो । काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेता थापा सहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराए । कमल थापा, पशुपतिशम्शेर जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाबीच एकता भएको अवस्थामा थापा भने बाहिरिएका हुन् । थापाले राप्रपासँग आफ्नो सैद्धान्तिक विमति रहेको बताए । राप्रपाले परिवर्तन र जनताको माग सम्बोधन गर्न नसकेपछि आफू त्यसमा अटिरहन नसकेको उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्