शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा – Kanika Khabar
Saturday, May 17Nepali News Portal

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

    मा प्रकाशित

काठमाडौं, ८ वैशाख ।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

केहीबेर अघि प्रधानमन्त्रीलाई भेट्न बालुवाटारमा पुगेकी भट्टराई छलफलका लागि पुगेकाे भनिए पनि उनले राजीनामा दिएकी छिन् ।

शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।

आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दै छ । सम्भवतः आज बस्ने मन्त्रिपरिषद्काे बैठकबाट उनको राजीनामा स्वीकृत हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्