अनिर्णयको बन्दीमा कक्षा १२ को परीक्षा, ठोस निर्णयका लागि मङ्गलबार बोर्डको बैठक बस्दै – Kanika Khabar
Saturday, June 13Nepali News Portal

अनिर्णयको बन्दीमा कक्षा १२ को परीक्षा, ठोस निर्णयका लागि मङ्गलबार बोर्डको बैठक बस्दै

    मा प्रकाशित

काठमाडौँ, ८ वैशाख ।
जारी शिक्षक आन्दोलनले कक्षा १२ को परीक्षालाई अनिर्णयको बन्दी बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूर्वनिर्धारित परीक्षाबारे के हुने भन्नेबारे भोलि मंगलबार मात्र निर्णय गर्ने भएको छ ।

तीन हप्तादेखि जारी शिक्षक आन्दोलन, सोमबार शिक्षामन्त्री विद्या भट्टराईबाट भएको राजीनामा लगायतले विद्यार्थी तथा अभिभावकहरु माझ अन्यौल भइरहेको विषयमा बोर्डले आवश्यक निर्णय गर्नको लागि भोलि मंगलबार बिहान ८ बजे बैठक बोलाइएको अध्यक्ष डा. महाश्रम शर्माले बताएका छन् । भोलि बस्ने बैठकले कक्षा १२ को परीक्षाको बारेमा ठोस निर्णय गर्ने छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्