२४ घण्टाभित्र चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

२४ घण्टाभित्र चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन

    मा प्रकाशित

काठमाडौँ, ९ वैशाख ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले २४ घण्टाभित्र विद्यालयको चाबी बोकेर काठमाडौँ आउन कर्मचारीलाई निर्देशन दिएको छ । परिषद्ले विद्यालयको चाबी बोकेर काठमाडौंमा जारी आन्दोलनमा सहभागी हुन निर्देशन दिएको हो ।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले ७ वटै प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय कार्यसमिति तथा सम्पूर्ण विद्यालयका कर्मचारीलाई यस्तो उर्दी जारी गरेका हुन् ।

परिपत्रमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समयमा विद्यालय कर्मचारीहरुलाई विद्यार्थी भर्ना, नतिजा प्रकाशन र कक्षा १२ को परीक्षामा समेत खटिएको खबर सुन्न आएको हुँदा जारी प्रेस विज्ञप्ति मार्फत प्राप्त भएको २४ घण्टामा चाबी लिएर काठमाडौंमा जारी आन्दोलनमा अनिवार्यरूपमा सहभागी हुनका लागि निर्देशनात्मक अनुरोध छ ।’

सरकारले कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएरै भए पनि चलाउने तयारी गरेपछि शिक्षक र विद्यालयका कर्मचारी अझै आक्रोशित बनेका छन् । विद्यालय शिक्षा ऐनको माग गर्दै काठमाडौंमा शिक्षकहरू २२ औँ दिनदेखि आन्दोलनरत छन् ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्