डोटीमा मिनी ट्रक दुर्घटना, तीनजनाको मृत्यु – Kanika Khabar
Saturday, June 13Nepali News Portal

डोटीमा मिनी ट्रक दुर्घटना, तीनजनाको मृत्यु

    मा प्रकाशित

डोटी, १० वैशाख ।
डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जना मृत्यु भएको हो । मृतक दुईजनाको सनाखत हुन बाँकी छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्