जम्मु-कश्मिर आतंकवादी आक्रमण : मारिने २६ मध्ये दुईजना नेपाली – Kanika Khabar
Friday, May 16Nepali News Portal

जम्मु-कश्मिर आतंकवादी आक्रमण : मारिने २६ मध्ये दुईजना नेपाली

    मा प्रकाशित

एजेन्सी । भारतको जम्मु-कश्मिरको पहलगाम क्षेत्रमा मंगलबार दिउँसोतिर भएको आतंकवादी आक्रमणमा कम्तीमा पनि २६ जनाको ज्यान गएको छ।

कतिपय भारतीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेको मृतकहरूको सूचीअनुसार दुई जना नेपाली पनि छन्। यद्यपि भारत र नेपालस्थित कुनै पनि सरकारी नियोगले नेपाली मारिएको पुष्टी भने गरेका छैनन्।

श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्ने पहलगाम भारत घुम्ने पर्यटकका लागि निकै चर्चित र लोकप्रिय ठाउँ हो। आतंकवादीहरूले यही ठाउँमा घुम्न गएका पर्यटकहरूमाथि छानिछानी आक्रमण गरेका थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो आक्रमणको जिम्मेवारी ‘द रेसिस्टेन्स फ्रन्ट‘ अर्थात् टिआरएफले लिएको छ। यो भनेको लस्कर-ए-तायबाका एकजना संस्थापक हाफिज साइदले नेतृत्व गरेको आतंकवादी संगठन हो।

सुरक्षाअधिकारीहरूले अहिलेसम्म पुष्टि गरेका १६ जना मृतकका नामध्य एकजना सन्दीप न्यौपानेको नाममा नेपाल ठेगाना राखिएको छ। त्यसबाहेक अरु केही विवरण खुलाइएको छैन। सञ्चार माध्यमहरूले भने दुई विदेशीमध्ये अर्का एकजना पनि नेपाली हुनसक्ने बताइएको छ। त्यहाँका सुरक्षाकर्मीहरूका अनुसार अर्का एकजना कलम अधिकारी भनिने नेपालीको पनि मृत्यु भएको हुनसक्छ।

घटनालगत्तै भारतका युनियन गृहमन्त्री अमित शाहले कश्मिर पुगेका थिए। यो आतंकवादी घटनाको विश्वका धेरै देशहरूले निन्दा गरेका छन् र भातरलाई सहानुभूति दिएका छन्। मंगलबारमात्रै साउदी अबरको भ्रमणमा गएका भारतीय प्रधानमन्त्री पनि आफ्नो भ्रमणलाई छोट्याएर फर्किदैंछन्।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्