शिक्षामन्त्रीमा रघुजी पन्त – Kanika Khabar
Friday, May 16Nepali News Portal

शिक्षामन्त्रीमा रघुजी पन्त

    मा प्रकाशित

काठमाडौँ, १० वैशाख ।
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । सांसद पन्तलाई शिक्षा मन्त्री बनाउने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले जानकारी दिए। पन्तको भोलि ४ बजे शपथ गराउने गरी शीतल निवासले तयारी थालेको स्रोतले बतायो ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्