
दाङ, ११ वैशाख ।
दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरामा अवस्थित गोदावरी इङ्लिस मिडियम स्कु्ल (जेम्स) ले १९औँ लोकतन्त्र दिवस मनाएको छ । विद्यालयलय आज बिहीबार एक कार्यक्रमको आयोजना गरी १९ औँ लोकतन्त्र दिवस मनाएको हो ।

लोकतन्त्र दिवसका बारेमा जानकारी दिन लोकतन्त्रको संरक्षणमा भावी पुस्तालाई जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयका एमडी विष्णु दाहालले बताए । ‘हामीले हरेक दिवस तथा चाडपर्वका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउने गरेका छौँ । १९ औँ लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्रको महत्व बुझाउनका साथै लोकतन्त्रबाट प्राप्त उपलब्धीका संरक्षणमा भावी पुस्तालाई जिम्मेवार तथा कर्तव्यनिष्ठ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हौँ ।’ दाहालले बताए ।
कार्यक्रमको सुरुवातमा र्याली निकालिएको थियो । विद्यार्थीहरूले लोकतन्त्रसम्बन्धी प्लेकार्ड तथा नारासहित र्याली निकालेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले कविता तथा गीत प्रस्तुत गरेका थिए । विद्यालयका प्रिन्सिपल शेषमणि शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


