स्याङ्जामा एसपीसहित ३८ जना प्रहरी कोरोना संक्रमण – Kanika Khabar
Saturday, May 27Nepali News Portal

स्याङ्जामा एसपीसहित ३८ जना प्रहरी कोरोना संक्रमण

    मा प्रकाशित

कनिका खबर
साउन १३,
बाल विवाहको आरोपमा १२ दिनअघि स्याङ्जाका चार जना पक्राउ परे। पक्राउ परेकामध्ये बेहुलालाई मंगलबार कोरोना पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका अन्य तीन जनाको भने रिपोर्ट नेगेटिभ आएको स्याङ्जा प्रहरीका निमित्त प्रमुख डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ। कार्यालय प्रमुख एसपीसहित हालसम्म ३८ जना प्रहरी कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएका छन्।

पोखरास्थित क्षयरोग केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार एक महिलासहित १६ जना प्रहरी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको डिएसपी अधिकारीले जानकारी दिए। त्यस्तै, एक प्रहरी कर्मचारीको २८ महिनाको बच्चामा समेत कोरोना पोजेटिभ देखिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्