रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई ७ दिन हिरासतमा राख्न अनुमति – Kanika Khabar
Friday, May 16Nepali News Portal

रविन्द्र मिश्र र दुर्गा प्रसाईंलाई ७ दिन हिरासतमा राख्न अनुमति

    मा प्रकाशित


काठमाडौँ, १४ वैशाख
काठमाडौँका तीनकुनेमा चैत्र १५ गते भएको हिंसात्मक प्रलर्शनको आरोपमा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमान्डर तोकिएका दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरमा पक्राउ परेकालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

प्रहरीको माग बमोजिम सरकारी वकिलहरूले भने २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेका थिए ।

पछिल्लो पटक १० वैशाखमा उनीहरूविरुद्ध तीन दिनको म्याद थप भएको थियो । त्यसबेला पनि उनीहरुलाई २० दिन हिरासतमा राख्न सरकारी पक्षले माग गरेको थियो ।

प्रसाईंसहितले आन्दोलनलाई भड्काएर हिंसात्मक बनाएको भन्दै राज्यविरूद्धको कसुर र संगठित अपराधमा अनुसन्धान थालेको हो। यस कसुरमा २४ जना जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।

 

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्