प्रथम स्व•हेमलाल कँडेल स्मृति T-20 क्रिकेट प्रतियोगिता हुँदै – Kanika Khabar
Saturday, June 13Nepali News Portal

प्रथम स्व•हेमलाल कँडेल स्मृति T-20 क्रिकेट प्रतियोगिता हुँदै

    मा प्रकाशित

लक्ष्मण बस्नेत
वैशाख १६ दाङ ।
दाङको भमकेमा यही वैशाख १८ गते देखि सञ्चालन हुने प्रथम स्व•हेमलाल कँडेल स्मृति T-20 क्रिकेट प्रतियोगिता २०८२ को तयारी तिव्र पारिएको छ ।

हेमलाल स्मृति प्रतिष्ठान तुलसीपुर १ भमकेको आयोजना तथा नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा मदन भण्डारी रंगशाला तुलसीपुर १ भमकेमा सञ्चालन हुने प्रतियोगिताको तयारी स्वरुप खेलमैदान मर्मत,आर्थिक तथा प्राविधिक पक्ष,टिम दर्ता,लगाएत अन्य तयारी लाई तीव्र पारिएको प्रतियोगिता ब्यबस्थापन संयोजक खगेन्द्र नेपालिले जानकारी दिनु भएको छ ।

वैशाख २२ गते सम्म सञ्चालन हुने प्रतियोगिताको बिजेता टिम लाई नगद ५० हजार,कप,मेडल प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ ।

त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार कप तथा मेडल,वेष्ट ब्याट्सम्यान र वेष्ट बलर लाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र तथा उदयमान खेलाडिलाई नगद दुई हजार मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय र साथमा ट्रफी प्रदान गरिने आयोजकले जानकारी दिएकोछ ।

यसैबिच आयोजकले प्रतियोगितामा टिम सहभागिताका लागि जिल्लामा स्थापित क्रिकेट क्लबलाई अनुरोध गरेको छ भने झन्डै १२ टिमको सहभागिता रहने अनुमान गरिएको छ ।

साथै प्रतियोगितामा टिम दर्ताका लागि बैशाख १७ गते बिहान १० बजे सम्मको समय तोकिएको संयोजक नेपालीले जानकारी दिनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्