रेशमलाई पक्राउ गर्न’ पत्र काट्ने सर्वोच्चका कर्मचारी नै पक्राउ – Kanika Khabar
Wednesday, June 24Nepali News Portal

रेशमलाई पक्राउ गर्न’ पत्र काट्ने सर्वोच्चका कर्मचारी नै पक्राउ

    मा प्रकाशित

काठमाडौ, १७ वैशाख ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्नू भनी पत्र काट्ने सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्ट पक्राउ परेका छन्।

उनको व्यक्तिगत सनकले पत्र काटेको पुष्टि भएपछि प्रहरीले उनलाई थप छानबिनका लागि पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार पक्राउ परेपछि उनले ‘टिकापुर घटनामा रेशमद्वारा मारिएका व्यक्तिहरूका आत्माले भतभती पोलेपछि आफ्नै निर्णयले पक्राउ गर्नु भनि पत्र लेखेको हुँ’ भनि गैरजिम्मेवार बयान दिएका छन्।

उनले काटेको पत्रको आधारमा प्रहरीले रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरिसकेको छ।

उनले काटेको पत्र विवादित भएपछि सर्वोच्च अदालतमै उच्चस्तरीय छलफल सुरु भइसकेको छ।

प्रहरी उच्च स्रोतका अनुुसार पत्र बोकेर विष्ट आफैं प्रहरी परिसर उपस्थित भएका थिए। सर्वोच्च अदालतमै यस विषय विवादित बनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

विष्टले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा चौधरीलाई नियन्त्रणमा लिएर कैदमा राख्नू भनी पत्र लेखेका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्